Thursday, June 13, 2024
spot_img
Homeमधेश प्रदेशगीति एल्बमको शुभ मुहूर्त

गीति एल्बमको शुभ मुहूर्त


वीरगन्ज,६ पौष /

गायक सुनील पडितको गीति एल्बमको शुभ मुहूर्त सोमवार गरिएको छ । वीरगंजस्थित गहवामाई मन्दिरमा ‘हई भोजपुरिया बाबू नेपालके’ नामक गीति एल्बमको शुभ मुहूर्त वीरगंजका उद्योगपति अशोक बैदले गरेका थिए ।

नेपाल–भारत सहयोग मञ्चका अध्यक्षसमेत रहेका उद्योगी बैदले स्थानीय गायक सुनील पडितले नेपाल–भारतबीचको रीति, संस्कृति र कुप्रथामा आधारित रहेर एल्बम बनाउन लागेकोमा शुभकामना दिए । उनले एल्बममा नेपाल र भारतका कलाकारहरूको सहभागिताले पनि नेपाल–भारतबीचको रोटीबेटी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

करीब साढे ३ लाख रुपैयाँको लागतमा निर्माण हुने सो एल्बम आगामी फागुनमा रिलिज गर्ने लक्ष्य राखिएको छ । पाँचवटा गीत रहेको एल्बममा गायक सुनील पडित, शिल्पी राज, अन्तरा सिंह प्रियङ्काको स्वर रहेको छ भने मनोज बन्टी र सन्तोष राजले सङ्गीत भरेका छन् ।

शुभ मुहूर्तको अवसरमा स्थानीय गायक सोधा यादव, वीरगंजका कलाकार दीपनारायण शर्मा, कलाकार धीरज पडितलगायतको सहभागिता थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: