test
Sunday, June 16, 2024
spot_img
Homeमधेश प्रदेशकिसानहरू युरिया मलको लागि भौतारिंदै

किसानहरू युरिया मलको लागि भौतारिंदै


वीरगन्ज,६ पौष /
गहुँको बीउ छर्ने बेलामा डिएपी मलको अभाव झेलेका पर्सेली किसानहरूले अहिले गहुँबालीका लागि युरिया मलको अभाव झेल्नुपरेको छ । गहुँखेती गर्दा डिएपी, युरिया र पोटासको प्रयोग हुन्छ । अहिले यी तीनथरी मलको अभाव छ र किसानहरूले अभावको बीचमा गहुँखेती गर्नुपरेको छ । गहुँ छरेको २१ दिनपछि सिंचाइ गर्ने र युरिया मल छर्ने गरिन्छ । तर नेपाली बजारमा यो मलको हाहाकार छ ।

पटेर्वासुगौली गाउँपालिका–३ का भागवत चौधरीले कृषि सहकारी संस्थामा मल नहुँदा विभिन्न स्थानमा भौंतारिनुपरेको गुनासो गरे । गहुँ छर्ने बेला डिएपीको अभावका कारण कतिपय किसानले कम्पोस्ट मलको प्रयोग गरेको बताए । तर युरिया मल छर्न नपाए बाली नै नोक्सान हुने चौधरीलाई चिन्ता छ ।

जगरनाथपुर गापा–३ का गुलाबराउत अहिरले युरियाको अभावका कारण भारतीय बजारबाट दुःख सहेर मल ल्याएको बताए । भारतीय बजारमा मल महँगो पर्ने र छुट्टै बट्टा तिर्नुपर्ने, तौलमा कम हुने, दुर्ई देशका सुरक्षाकर्मीहरूबाट गाली बेइज्जती सहनुपर्ने अहिरको गुनासो छ ।
जीराभवानी गापा–२ सेढवामा रहेको मारुतीनन्दन कृषि सहकारी संस्थाका सञ्चालक सत्यनारायण साहले साल्ट ट्रेडिङ कम्पनीले मङ्सिर महीनाको लागि एकपटक मात्र एक सय बोरा मल दिएको बताए ।

कृषि सामग्री कम्पनीले डिएपीको साथै केही युरिया दिएको र गहुँ छर्ने बेलामा बिक्री भएको उनले बताए । कृषि सामग्री कम्पनीले एक सहकारीलाई सातामा एकपटक मात्र मल दिने गरेकोले कृषि सामग्री कम्पनीले शुक्रवारदेखि मल दिन बन्द गरेकोले मल अभाव भएको बताए।

यस सम्बन्धमा कृषि सामग्री कम्पनी, प्रदेश २ का प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले दुईरचार दिनमैं युरिया मल वितरण गर्ने बताए । प्रदेश सरकारले दिएको निर्देशन अनुसार कृषि ज्ञान केन्द्रले दिएको खेतीयोग्य जमीनको सिफारिश र पालिकाले तोकेको कृषि सहकारी संस्थालाई मात्र मल उपलब्ध गराएको प्रमुख केसीले बताए । उनले युरिया मल केही दिनमा आउने र प्रक्रिया अनुरूप वितरण हुने बताएका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments