Friday, March 1, 2024
spot_img
Homeमधेश प्रदेशनेकपा एमाले महानगर कमिटीले बुथ सम्पर्क अभियान सुरु

नेकपा एमाले महानगर कमिटीले बुथ सम्पर्क अभियान सुरु


वीरगन्ज,६ पौष /

नेकपा एमाले वीरगन्ज महानगर कमिटीले बुथ सम्पर्क अभियान आजदेखि सुरु गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाबाट बुथ सम्पर्क अभियान सुरु गरेको हो । दशौ महाधिवेशनको सन्देश ,केपी ओली सरकारले गरेका महत्वपुर्ण राष्ट्रिय कार्य तथा विकास निर्माणको कार्यको जानकारी बुथ स्तर सम्म पुर्याउन र संगठन निर्माण ,पार्टी प्रवेश कार्यक्रम गर्न आजदेखि २ महिने बुथ सम्पर्क अभियान सुरु गरीएको महानगर कमिटीका उपाध्यक्ष महेश दासले जानकारी दिए ।
नेकपा एमालेले पहिलो अन्तर पार्टी निर्देशनमा दिएको निर्देशन अनुसार बुथ सम्पर्क अभियानमा महानगरको ३२ वटै वडामा अनिवार्य बैठक राखी महाधिवेशनको सन्देश मातहत कमिटी र आम जनसमुदायबीच सम्प्रेषण गर्ने ,पुस मसान्तसम्म सबैतहका पार्टी कमिटीहरूले आ–आफ्नो कार्यक्षेत्र भित्रको पार्टी प्रवेश सम्भावनाको आंकलन गर्ने, प्रवेश गर्ने सम्भावित व्यक्तिहरूको सूचि तयार गर्ने ,महानगर स्तर एवम् वडा तथा बुथ स्तरमा पार्टी प्रवेश कार्यक्रम गर्ने,वुथ स्तरमा जनवर्गिय संगठनको गठन गर्ने ,मतदाता नामावली दर्तामा जनतालाई सहयोग गर्ने र रचनात्मक अतिरिक्त क्रियाकलाप लगायतका कार्य बुथ सम्पर्क अभियानमा गर्नेे सचिव सुन्दर कुर्मीले बताए ।
पौष ४ मा वीरगन्ज महानगर कमिटीका अध्यक्ष राजेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको तेश्रो महानगर कमिटीको बैठकले यो अभियानको निर्णय गरेको थियो ।
महानगर कमिटीको बुथ अभियानमा पुस ८ गते पर्साको जगरनाथपुरमा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने बृहत् पार्टी प्रवेशमा व्यापक जनसहभागिता गराउने तयारी छ । कार्यक्रममा केन्द्रीय सदस्यहरु अरविन्द सिंहको उपस्थिति थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: