Saturday, February 24, 2024
spot_img
Homeमधेश प्रदेशसखुवाप्रसौनीमा प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर आर्थिक तथा प्रशासनिक कार्य प्रभावित

सखुवाप्रसौनीमा प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर आर्थिक तथा प्रशासनिक कार्य प्रभावित

वीरगन्ज , ५ पौष /

सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर विवाद बढ्दा यहाँको आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएको छ ।

गापा उपाध्यक्ष फूलमतीदेवी चौधरी र तीनजना वडाध्यक्षको सहभागितामा यसै आर्थिक वर्षको कात्तिक २४ गते विशेष गाउँसभा बसेर तहगत वरिष्ठको रूपमा कार्यरत वरिष्ठ अहेब, अधिकृत छैटौं तहका राजेशप्रसाद रौनियारलाई अर्को प्रमुख प्रशासकीय अधिकृत नआउन्जेलसम्म कामकाजमा लगाउने र सोको मन्त्रालयबाट अनुमति लिने निर्णय गरिएको थियो । उपाध्यक्ष चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरे पनि अध्यक्ष प्रदीपकुमार जैसवालको टोलीले मङ्सिर ५ गते केही वडाध्यक्षको समर्थनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जनस्वास्थ्य निरीक्षक भोजेन्द्रकुमार चौधरीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको पत्र ल्याएको थियो ।

मन्त्रालयले चौधरीलाई नै पुनः मङ्सिर २४ गते अर्को पत्रबाट पनि जिम्मेवारी तोकेको थियो । तर यसबीचमा उपाध्यक्ष चौधरीसमेतले गरेको विशेष गाउँसभाबाट प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका रौनियारले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सो रिट सम्बन्धमा अदालतका न्यायाधीश सुषमालता माथेमाको इजलासले मन्त्रालयको मङ्सिर ५ र २४ गतेको पत्र कार्यान्वयन नगर्नु र यथास्थितिमा राख्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । यसै कारण अहिले सखुवाप्रसौनी गापाको आर्थिक तथा प्रशासनिक काम ठप्प छ ।

यसबीचमा प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा मन्त्रालयबाट तोकिएका भोजेन्द्रकुमार चौधरी विराजमान छन् तर उनको नाममा खाता भने सञ्चालनमा छैन । जसले गर्दा यहाँको कामकारबाई प्रभावित भएको छ । साभार – प्रतीक दैनिक

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: