Sunday, February 25, 2024
spot_img
Homeफिचरमहानगर प्रमुखद्वारा सहयोग रकमको चेक हस्तान्तरण

महानगर प्रमुखद्वारा सहयोग रकमको चेक हस्तान्तरण


वीरगन्ज,४ पौष /
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले वीरगंज–११ स्थित नेपाल राष्ट्रिय विद्यापीठ माविमा निर्माण हुन लागेको बहुउद्देश्यीय हल निर्माणका लागि चेक हस्तान्तरण गरेका छन् ।

लायन्स क्लबले शनिवार आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख सरावगीले ४७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । लायन्स क्लबको एक लाख अमेरिकी डलर र महानगरपालिकाको ४७ लाख रुपैयाँको संयुक्त लगानीमा सभाकक्ष निर्माण हुन लागेको हो ।

त्यसैगरी, महानगर प्रमुख सरावगीले गरीब तथा विपन्नहरूको आँखा निश्शुल्क उपचारका लागि पनि आर्थिक सहयोग प्रदान गरेका छन् । सो प्रयोजनका लागि महानगरपालिकाको नगरस्तरीय बजेटबाट पाँच लाख रुपैयाँ सहयोग गरेका हुन् । नगरप्रमुख सरावगीले उक्त चेक नेपाल नेत्र ज्योति सङ्घ, पर्सालाई हस्तान्तरण गरेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

यसैगरी, नगरप्रमुख सरावगीको सेवा सुविधाबाट सञ्चालन भएको मेयर कल्याणकारी कोषबाट चारजना जेहेन्दार तथा व्पिन्न छात्रछात्रालाई अध्ययनका लागि सहयोग प्रदान गरिएको छ । शनिवार महानगर कार्यालयमा आयोजित कार्यक्रममा छात्रवृत्तिस्वरूप चारजनालाई चेक हस्तान्तरण गरिएको सचिवालयले जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: