Thursday, June 13, 2024
spot_img
Homeमधेश प्रदेशअनेरास्ववियू क्रान्तिकारी बाराका सहसचीव शशिकान्त चौधरीको सवारी दुर्घटनाले मृत्यु

अनेरास्ववियू क्रान्तिकारी बाराका सहसचीव शशिकान्त चौधरीको सवारी दुर्घटनाले मृत्यु


वीरगन्ज,४ पौष /

अनेरास्ववियू क्रान्तिकारी बाराका सहसचीव शशिकान्त चौधरीको सवारी दुर्घटनाले मृत्यु भएको छ । शनिबार राति बाराको सिमरामा मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको हो ।

उनको मृत्यु भएकाले संगठनले एउटा योद्धा गुमाएको अनेरास्ववियु क्रान्तिकारी बाराका अध्यक्ष सन्दीप यादवले जानकारी दिए ।

जिल्ला अध्यक्ष यादवले जारी गरेको विज्ञप्तीमा चौधरीको सवारी दुर्घटनामा परि मृत्यु भएको खबर दुखित बनाएको उल्लेख गरेका छन ।

उनले चौधरीले संगठनमा गरेको महत्वपुर्ण कार्यको मुल्यांकन गर्दै मृतक शशिकान्त प्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गरेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: