Thursday, May 30, 2024
spot_img
Homeमधेश प्रदेशएमाले प्रवेश नगर्न प्रचण्डले दुई दिन फोन गरे -जालिम मिया

एमाले प्रवेश नगर्न प्रचण्डले दुई दिन फोन गरे -जालिम मिया

वीरगन्ज ,२ पौष /

नेकपा माओवादी केन्द्रका सल्लाहकार समिति सदस्य एवं जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियाले नेकपा एमालेमा प्रवेश गर्न तयारी गरेपछि माओवादी अध्यक्ष प्रचण्डले फोन गर्न थालेको बताएका छन ।

उनले अगामी पौष ८ मा एमालेमा पार्टी प्रवेश गर्न तयारी गरेपछि प्रचण्डले फोन गर्न थालेका हुन् ।

अध्यक्ष जालीमले प्रचण्डले अब कुनै पनि पद दिएपनी अब एमालेमा प्रवेश गर्न कार्य बाट पछी नहट्ने बताए ।

उनले आफनै गाउँ जगरनाथपुरमा पार्टी प्रवेश आयोजना गरेपछी एमालेमा प्रवेश नगर्न प्रचण्डले दुई दिन लामो फोनमा कुरा गरेका छन ।

अध्यक्ष जालीमले एमालेमा प्रवेश कार्यक्रम रोक्न दुई दिनमा सवा १ घन्टा कुरा गरेको बताए ।

उनले एमालेमा प्रवेश नगर्नलाई चाहेको र मागेको पद दिन तयार भएर पार्टी प्रवेश रोक्न फोनमा कुरा गरेका छन ।

मुस्लिम धर्ममा एकचोटि भनेको कुरा बाट पछी नहट्ने भनिएकाले एमाले प्रवेश गर्न थालिएको अब उक्त कुराबाट फिर्ता नहुने उनले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: