Friday, March 1, 2024
spot_img
Homeमधेश प्रदेशशेरबहादुर देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित

शेरबहादुर देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित

वीरगन्ज ,२९ मंसिर / शेरबहादुर देउवा दोस्रो पटक कांग्रेस सभापति भएका छन् । प्रतिस्पर्धी डा.शेखर कोइरालालाई भारी मतअन्तरले पराजित गर्दै देउवाले जित सुनिश्चित गरेका हुन् ।  
१४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रोपटक भएको निर्वाचनमा खसेको चार हजार ६ सय २३ मतमध्ये  देउवाले दुई हजार सात सय ३३ मत ल्याएर विजयी भएका हुन् । 

प्रतिस्पर्धी शेखर कोइरालाले जम्मा १८५५ मत ल्याएका छन् । त्यस्तै ३५ मत भने बदर भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले खसेको मतको पचास प्रतिशतभन्दा बढी ल्याउन नसकेपछि पहिलो र दोस्रो भएका देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो । 

पहिलो चरणमा तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रोचरणमा देउवालाई सघाउने निर्णय गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: