Thursday, June 13, 2024
spot_img
Homeमधेश प्रदेशजसपा पर्साका नेताहरु एमालेमा प्रवेश गरे

जसपा पर्साका नेताहरु एमालेमा प्रवेश गरे

वीरगन्ज ,२७ मंसिर /

जनता समाजवादी पार्टी (जसपा) पर्साका चार जना प्रभावशाली नेता नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) एमालेमा आज प्रवेश गरेका छन् ।

जसपा पर्साका जिल्ला समिति सदस्य रामबाबु चौरसिया , धामु शर्मा , सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी , जगरनाथपुर गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष अयोध्या कुर्मी लगायतका नेताले नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरू नेकपा एमालेका केन्द्रीय सदस्य एवं सबिधान सभा सदस्य राजकुमार गुप्ताको पहलमा एमालेमा प्रवेश गरेका हुन् ।

नव आगन्तुकलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टिका खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले एमालेमा नयाँ पुरानो भनेर विभेद नगरिने आश्वासन दिँदै महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरिने प्रतिवद्धता जनाए ।

पार्टी प्रवेश गर्दै रामबाबु चौरसियाले मधेशी दल लुटेराको , भ्रष्टचारीको पार्टी भएको भन्दै अब त्यो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको बताए ।

उक्त कार्यक्रममा केन्द्रिय सदस्य निर्मला देवकोटा , पालिका कमिटी अध्यक्ष अकलेश साह , युवा संघ सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष मोहमद निजाम , पालिका कमिटी सचिव राजेश सहनी , ओबीसी केन्द्रिय सदस्य प्रमोद पटेल , युवा संघ जिल्ला सदस्य तथा ओबीसि गाउँपालिका अध्यक्ष कृष्णा कुशवाहा , स्काउट गाउँपालिका अध्यक्ष भगवानलाल पटेल लगायतको उपस्थिति रहेको थियो।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: