Monday, February 26, 2024
spot_img
Homeफिचरवीरगन्ज भन्सारको सबै काम अब अनलाइनबाट हुने

वीरगन्ज भन्सारको सबै काम अब अनलाइनबाट हुने


वीरगन्ज ,२६ मंसिर /
माघ १ गतेबाट वीरगन्ज सुख्खा बन्दरगाह र आइसिपी दुबै कार्यालयको सम्पूर्ण काम अनलाइन प्रणाली मार्फत सञ्चालन हुने भएको छ ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले एकीकृत भन्सार जाँच चौकी कार्यालयमा पुष १ गते देखि र माघ १ गतेदेखि बन्दरगाहको सम्पूर्ण कामकागज कागज तथा नगदरहित हुने दाबी गरेका हुन् ।


पौडेलले सुख्खा बन्दरगाहमा पूर्वाधारको कमी तथा दक्ष प्राविधिक जनशक्ति अभावका कारण काम गर्न समस्या भइरहेको पनि बताए । उनले भन्सारमा विदेशबाट आएका समान तथा ट्रक÷कन्टेनर स्क्यानका लागि ल्याइएको मसिन प्राविधिक नहुँदा विगत १० बर्षदेखि त्यतिकै थन्किएर बसेको बताए ।

चीन सरकारले अनुदानमा दिएको स्क्यान मेसिन भन्सारका कर्मचारीले चलाउन नजान्दा प्रयोग विहिन भएर बसेको पौडेलले बताए । बिग्रिएको मसिन बनाउने प्राविधिक समेत भारत तथा चीनबाट नै ल्याउनु पर्ने भएकाले छिटो छरितो ढंगले काम हुन नसकेको उनले बताए  ।

यता, नेपाल इन्टरमोडल यातायात समितिका वीरगन्ज प्रमुख कमल ज्ञवालीले आइसिपी सञ्चालनमा आएसंगै व्यापारमा धेरै सम्म सहजीकरण भैरहेको बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: