Thursday, April 18, 2024
spot_img
Homeमधेश प्रदेश१८ लाख हुन्डी रकम सहित दुई जना पक्राउ

१८ लाख हुन्डी रकम सहित दुई जना पक्राउ


वीरगन्ज ,२६ मंसिर /

पर्सा प्रहरीले अबैध रूपमा हुन्डी कारोबार गर्ने दुई जनालाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका -१० का २८ बर्षका चन्दन कुमार साह र सोही ठाँउका ४४ बर्षका ओमप्रकाश गुप्ता रहेका छन ।

उनीहरूलाई वीरगन्ज घण्टाघरबाट आदर्शनगर जाँदै गरेको अवस्थामा नेपाली अठार लाख नगद रकम सहित पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेकाहरुले प्रयोग गरेको ना.१६ प. ५४४६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा श्रोत नखुलेको रकम बरामद भएको उनले बताए ।

उनीहरूमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: