Wednesday, February 28, 2024
spot_img
Homeमधेश प्रदेशप्रतिबन्धित लागु औषधसहित एक जना भारतीय पक्राउ

प्रतिबन्धित लागु औषधसहित एक जना भारतीय पक्राउ


वीरगन्ज ,२६ मंसिर /

पर्सा प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक जनालाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल -११ मारवाडीटोलका ८० वर्षीय विजय कुमार कपुर रहेका छन ।

उनको साथबाट प्रहरीले नुफ्रिन, डाइजीपाम र प्रोमिफाइजाम हाइड्रोक्लोराइड ५-५ सय एम्पुल गरी जम्मा १५०० एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

उनलाई वीरगन्ज महानगरपालिका -२१ परवानीपुरमा रहेकोे प्रहरी चौकीको चेकिङ टोलीले पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार चेकजाँचका क्रममा खैरो रंगको ब्ल्याङकेटको झोलाभित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका छन ।

उनलाई नियन्त्रणमा राखेर लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: