Thursday, May 30, 2024
spot_img
Homeमधेश प्रदेशप्रेस चौतारी बाराको अधिवेशन पुस १५ मा हुने

प्रेस चौतारी बाराको अधिवेशन पुस १५ मा हुने

सिमरा ,२६ मंसिर /

प्रेस चौतारी नेपाल बाराको पाचौं जिल्ला अधिवेशन पुस १५ गते सिमरामा हुने भएको छ । चौतारी बाराको शनिवार बसेको जिल्ला कमिटी बैठकले अधिवेशनको मिति र स्थान टुंगो लगाएको हो ।

अधिवेशनलाई भब्य रुपमा सफल बनाउन बैठकले अधिवेशन व्यवस्थापन समिति समेत गठन गरेको छ । चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारी संयोजक रहेको ब्यवस्थापन समितिमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कमलकुमार उपाध्याय, पूर्व केन्द्रीय सदस्य गोकुल घोरसाईने, नेपाल पत्रकार महासंघ बाराका सचिव अनिल गौरव, प्रेस चौतारी जिल्ला कमिटी सदस्य अनिल तिवारी रहेका छन् ।

यसैगरी बैठकले चौतारी बाराको सदस्यताका लागि आवेदन खुल्ला गर्ने निर्णय गरेको छ । निर्णयसंगै जिल्लामा कार्यरत सक्रिय संचारकर्मीले सदस्यताका लागि आवेदन दिन सक्ने भएका छन् । नयाँ सदस्य थपसंगै पुराना सदस्यको नविकरण प्रक्रिया पनि सुरु गर्ने निर्णय बैठकले गरेको छ ।
नविकरण भएका र नयाँ थप गरिएका सदस्यको सूचिलाई केन्द्रले प्रमाणित गर्नेछ । केन्द्रबाट प्रमाणित भएका सदस्य मात्रै जिल्ला अधिवेशनमा सहभागी हुन पाउने भएका छन् ।

बैठकमा जिल्ला कमिटीका पदाधिकारी र सदस्यसहित प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कमलकुमार उपाध्याय, केन्द्रीय प्रतिनिधि गोकुल घोरसाईने, जिउतप्रसाद यादवलगायतको उपस्थिती रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: