Saturday, February 24, 2024
spot_img
Homeखेलखुदमेडिकल कार्पोरेटको किक्रेट प्रतियोगता सुरु, तीन वटा खेल सम्पन्न

मेडिकल कार्पोरेटको किक्रेट प्रतियोगता सुरु, तीन वटा खेल सम्पन्न


वीरगन्ज , २५ मंसिर /
औषधी कम्पनीको बजार प्रतिनिधीहरु ( एमआर ) को संस्था एन.एस.एम.आर.ए को आयोजनमा शनिवार देखी कारर्पोरेट किक्रेट प्रतियोगता सुरु भएको छ । वीरगन्जको आदर्शनगर खेल मैदानमा भव्य समारोहका बीच क्वेस्ट फर्माको मार्केटिङ डाइरेक्टर एसपी वर्माले प्रतियोगिताको उदघाटन गर्नु भयो । उदघाटन समारोहमा वरिष्ठ फिजिसीयन डा. निरज सिंह,उदय नरायण सिंह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , इण्डो नेपाल अस्पतालका संचालक चन्द्रशेखर लगायतकाले मन्तव्य राख्नु भएको थियो । एमआरहरुको संस्थाले पहिलो पटक बीरगन्जमा मेडिकल कारर्पोरेट बीच किक्रेट प्रतियोगिताको आयोजन गरेको छ । संस्थाका अध्यक्ष मनोज साहको अध्यक्षतामा उदघाटन भएको प्रतियोगिता अन्तर्गत शनिवार ३ वटा खेल भएका छन । नेपाल इण्डो अस्पताल र नेपाल फर्मासिटिकल्स बीच भएको उदघाटन खेलमा नेपाल इण्डो अस्पतालले जित हात पारेको छ । निर्धारित १५ ओवरको खेलमा नेपाल इण्डो अस्पतालको टिमले ६ विकेटमा १ सय ४८ रन बनाएको थियो । १ सय ४९ रनको लक्ष्य पछयाउदै १५ ओबरको समाप्तीमा ७ विकेट खस्दामात्र १ सय १६ रन बनाउन सकेको थियो । नेपाल इण्डो अस्पतालको टिमले ३२ रनले जितेको मैचमा रविन्द्र राउत ३ ओवरमा ६ रन खर्चेर ५ विकेट लिएकोमा मैन आंफ द मैच भएका थिए ।
यसैगरि दोश्रो खेलमा क्वेस्ट फर्मा ३४ रनले बिजयी भएको छ । टास जितेर पहिलो ब्याटिङ गरेको क्वेस्टले मैगनेष्ट फर्मालाई १ सय ४५ रनको लक्ष्य दिएको थियो । लक्षय प५याउदै मैग्नेष्ट फर्माले निर्धारित १५ ओवरमा १ सय १० रन मात्र बनाउन सक्यो । ३६ बालको सामना गरि ६४ रन बनाएका क्वेष्ट फर्माका बिकाश प्रसाद सिंह मैन आफ द मैच भएका थिए । यसैगरि आज भएको तेश्रो खेलमा एन.एम.एस.आर.ए ब्लैक पिएनलाई हराउदै १० रनले बिजयी भएको हो । निर्धारित ओवरमा पहिलो बैटि¨ गर्दाै एन.एम.एस.आर.ए ब्लैकले पिएनलाई १५९ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउदै पिएनको टिमले ७ विकेटमा १ सय ४८ रन बनाउन सकेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: