Sunday, February 25, 2024
spot_img
Homeमधेश प्रदेशप्रेस चौतारीको उपाध्यक्षमा शेख , केन्द्रिय सदस्यमा केसी र नेपाल चयन

प्रेस चौतारीको उपाध्यक्षमा शेख , केन्द्रिय सदस्यमा केसी र नेपाल चयन

वीरगन्ज ,२५ मंसिर /

प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । राष्ट्रिय भेलाले दिएको म्याण्डेटअनुसार चौतारीले केन्द्रीय कमिटीलाई पुर्णता दिएको हो ।

उक्त कमिटीको उपाध्यक्षमा पर्साका लालबाबु शेख चयन भएका छन । भने केन्द्रिय सदस्यमा पर्सा कै शत्रुघन नेपाल र केसी लामिछाने चयन भएका हुन् ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जारी बिज्ञप्ती जारी गर्दै संशोधित बिधानअनुसार २ सय ४९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको जनाएका छन ।

अनुशासनको कारबाहीमा परेर निष्कासन भएर पद खालि भएपछि चयन गरिएको हो ।

केन्द्रीय कमिटीका सबै आगामी महाधिवेशनमा प्रतिनिधि हुने व्यबस्था छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालको २०७७ माघ ८ गतेको राष्ट्रिय भेलाले बिधान संशोधनसहित केन्द्रीय कमिटी बिस्तारको अधिकार प्रत्यायोजन गरेअनुसार केन्द्रीय कमिटीलाई पूर्णता दिइएको छ ।

भेलाले बिधान संशोधन गर्दै २७ सदस्यीय पदाधिकारीसहित २४९ सदस्यीय केन्द्रीय कमिटी कायम रहने ब्यवस्था गरेअनुसार संगठनबिरोधी गतिबिधिमा लागेर अनुशासनको कार्वाहीमा परेका पदाधिकारी र केन्द्रीय सदस्यलाई निश्काशन गरी निम्न बमोजिमको केन्द्रीय पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरु कायम रहेको निर्णय भएको छ ।’

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: