Thursday, June 13, 2024
spot_img
Homeबिजनेससिटिजेन्स बैंक वीरगन्जका सेवाग्राहीले स्पर्श मल्टी हस्पिटलमा उपचार गराए छुट पाउने

सिटिजेन्स बैंक वीरगन्जका सेवाग्राहीले स्पर्श मल्टी हस्पिटलमा उपचार गराए छुट पाउने


वीरगन्ज,२३ मंसीर /
वीरगन्ज महानगरपालिका १४ बहुअरीमा रहेको स्पर्श मल्टी स्पेशलिटि हस्पिटल र सिटिजेन्स बैंक ईन्टरनेशनल प्राईभेट लिमिटेड वीरगन्ज शाखा बिच आज सम्झौता भएको छ ।
सिटिजेन्स बैंक ईन्टरनेशनल प्राईभेट लिमिटेड वीरगन्ज शाखामा खाता रहेका सेवाग्राहीले अब स्पर्श मल्टी हस्पिटलमा उपचार गराउँदा बिभिन्न चेकचाँच र उपचारमा छुट पाउने सम्झौता भएको हो ।
अस्पताल कार्यालयमा भएको सम्झौतामा बैंकका तर्फबाट सिटिजेन्स बैंक ईन्टरनेशनल प्राईभेट लिमिटेडका प्रदेश २ प्रमुख दिवश सिंह ठकुरी,वीरगन्ज शाखाका प्रमुख सन्नी खतिवडा र हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक डा.निमेश पाल रमन, हस्पिटलका म्यानेजर सन्तोष शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
अब स्पर्श मल्टी अस्पतालमा यस बैंकका सेवाग्राही उपचार गराए विभिन्न चेकजाँच र उपचारमा १० प्रतिशत देखि २५ प्रतिशत सम्म छुट पाउने सम्झौता भएको वीरगन्ज शाखाका प्रमुख सन्नी खतिवडाले जानकारी दिए ।
उनका अनुसार सम्झौतामा पत्रमा ओपिडि टिकटमा १० प्रतिशत ,ल्याब चेकजाँचमा १० प्रतिशत ,बेड चार्जमा १५ प्रतिशत , नर्सिङ्ख केयरमा २५ प्रतिशत र निवारण स्वास्थ्य जाँच १० प्रतिशत सम्म छुट हुने उल्लेख छ ।
बैंक र हस्पिटल बिच सम्झौता भएको दिनदेखि हस्पिटलमा उपचार गराउने बैंकका खातावाला सेवाग्राहीले यो छुट पाउने शाखा प्रमुख खतिवडाले बताए ।
सिटिजेन्स बैंक ईन्टरनेशनल प्राईभेट लिमिटेड वीरगन्ज शाखामा विभिन्न जिल्लाका २५ हजार भन्दा बढि सेवाग्राहीले खाता खोलेर कारोबार गर्दै आएका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: