Thursday, April 18, 2024
spot_img
Homeमधेश प्रदेशओबिसीका सहमहासचिव धनराज र केन्द्रिय सदस्य शंकरलाई परवानीपुर युवा समाजको सम्मान

ओबिसीका सहमहासचिव धनराज र केन्द्रिय सदस्य शंकरलाई परवानीपुर युवा समाजको सम्मान

वीरगन्ज ,२२ मंसिर /

नेकपा एमाले निकट संगठन अखिल नेपाल पिछडावर्ग(ओबिसी)महासंघका नयनियुक्त सहमहासचिव र केन्द्रिय सदस्यलाई आज सम्मान गरिएको छ ।

परवानीपुर युवा समाजको अगुवाइमा (ओबिसी) का नवनियुक्त सहमहासचिव धनराज गुप्ता र केन्द्रिय सदस्य शंकर यादवलाई सम्मान गरिएको हो ।

परवानीपुर गाउँपालिका ३ लिपनीमालमा आयोजित सम्मान कार्यक्रममा फुल, अबिर र खादा लगाएर सम्मान गरिएको परवानीपुर युवा समाजले जनाएको छ ।

सम्मान ग्रहण गर्दै सह महासचिव गुप्ताले युवाहरुको कारण आफू यो महत्त्वपूर्ण ठाँउमा पुगेकाले युवा नै शक्ति भएको बताए ।

उनले परवानीपुर युवा समाजको सम्मान आफू जिन्दगीमा कहिले नबिर्सने बताए ।

अखिल नेपाल पिछडावर्ग(ओबिसी)महासंघकाे केन्द्रीय कमिटी मंगलबार पुर्नगठन भएको थियो ।

नेकपा एमाले पार्टी कार्यालयमा थापाथलीमा मंगलबार बसेको बैठकले ३३ सदस्यीय केन्द्रिय कमिटी चयन गरेको हो ।

नयाँ कार्यसमितिले बिस्तारै वडा तहमा बिस्तार गर्ने योजना बनाएको छ ।


परवानीपुर युवा समाजका उपाध्यक्ष गोविन्दा यादवको अध्यक्ष्तामा भएको सम्मान कार्यक्रममा सचिव हुलाश यादव , सदस्यहरु राजेश यादव , डाक्टर अशोक यादव , तिवारी यादव , श्रीराम सरार्फ , राहुल गुप्ता ,सुनिल साह , चन्देश्वर यादव , धर्मराज यादव लगायतकाहरुको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: