Friday, March 1, 2024
spot_img
Homeमधेश प्रदेशमैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्सा विजयी

मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्सा विजयी


वीरगन्ज,२२ मंसीर /
सानोपाईलाले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्सा विजयी भएको छ । गैरसरकारी संस्था सानोपाईलाको बार्षिकोत्सवको अवसरमा आदर्शनगर रंगशालामा भएको महासंघ र सानोपाईलाबीचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल पत्रकार महासंघले सानोपाईलालाई ६ रनले पराजित गरेको हो । पहिले व्याटिङ गरेको नेपाल पत्रकार महासंघले निर्धारित १२ ओभरको खेलमा ८ विकेट गुमाउदै ९३ रनको योगफल तयार पारेको थियो । ९४ रनको लक्ष्य सहित जवाफी व्याटीङमा उत्रिएको सानोपाईलाले निर्धारित १२ ओभरको खेलमा ३ विकेटको क्षतिमा ८७ रन मै समेटिएपछि खेल नेपाल पत्रकार महासंघ पर्साले जितेको हो । विजयी टिमलाई मेडल र प्रमाणपत्र वितरण गरिएको सानोपाईलाका विवेक कर्णले जानकारी दिनुभयो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: