Friday, March 1, 2024
spot_img
Homeमधेश प्रदेशप्रेस चौतारी पर्साको बैठक सम्पन्न, पुष २४ मा जिल्ला अधिवेशन हुने

प्रेस चौतारी पर्साको बैठक सम्पन्न, पुष २४ मा जिल्ला अधिवेशन हुने


वीरगन्ज,२२ मंसीर /
प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति पर्साको बैठक आज सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा प्रेस चौतारी पर्सा जिल्ला कार्य समितिको बैठक सम्पन्न भएको हो । बैठकले प्रेस चौतारी नेपाल पर्साको पाँचौं जिल्ला अधिवेशन आउँदो पुष २४ मा गर्ने निर्णय गरेको छ ।
यस्तै प्रेस चौतारी नेपालको सदस्यहरुको सदस्यता नविकरण र कृयाशिल पत्रकारहरुलाई चौतारीमा आवद्ध गराउन सदस्यता आवेदन खोल्ने निर्णय गरेको प्रेस चौतारी नेपाल पर्साका संयोजक श्याम बन्जाराले बताए । उनले जिल्ला अधिवेशनमा प्रेस चौतारीका प्रभावशाली नेतालाई सहभागी गराएर भव्यताका साथ गरीने ,बताए ।
बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य महेश दासले पनि प्रेस चौतारी पर्सा जिल्लामा एक नम्बरको संगठन भएकै दावि गरे । उनले यो संगठन बारेमा जानकारी पाउन महासंघको निर्वाचनमा चौतारीको प्यानल निर्वाचित दिदै आएको बताए ।
लेखा समिति सदस्य केसी लामिछानेले पनि प्रेस चौतारी नेपालका अन्य संगठन भन्दा कामको हिसाबले फरक भएकै कारण आफ्नो अलग पहिचान बनाएको बताए । उनले प्रेस चौतारीका एक एक सिपाही संगठनका लागी सच्चा सिपाही भएकाले महासंघको निर्वाचनमा कसैले पनि हराउन नसक्ने ठोकुवा गरे ।
श्याम बन्जाराकै अध्यक्ष्तामा बसेको बैठकमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, सचिव भूषण यादव ,कोषाध्यक्ष संजीव मिश्र पत्रकारहरु महेशचन्द्र गौतम ,किरण राज पाण्डे,प्रेस चौतारी पर्साका सदस्यहरु सफल खतिवडा,तिवारी यादव,आरोहण साह,आनन्द पटेल,एसके चौरसीया ,ग्यासु मियाँ देवान,जितेन्द्र साह ,जियालाल साह ,आशिक अन्सारी, नेहान खान ,कन्हैया गुप्ता ,सदाव खान,श्याम कुशवाहा,निरन्जन मिश्र,कविता खड्का लगायतका पत्रकारहरुको सहभागीता रहेको थियो ।बैठकको सहजीकरण प्रेस चौतारी नेपाल पर्साका सहसंयोजक तुलसी भण्डारीले गर्नुभएको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: