Thursday, April 18, 2024
spot_img
Homeमधेश प्रदेशमहोत्तरीमा पुरुषको शव भेटियो

महोत्तरीमा पुरुषको शव भेटियो

जनकपुरधाम ,२१ मंसिर ।

महोत्तरीको एकडारा गाउँपालिकामा मंगलबार बिहान एक जना व्यक्तिको शव फेला परेको छ ।

एकडारा गाउँपालिका ५ बथनाहास्थित एक इँटा उद्योगको नजिकै ती व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।

महोत्तरी प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी दिनेश आचार्यले शव जलेश्वर नगरपालिका-७ अन्कार निवासी रामसृष्ठ यादवको भएको बताए ।

एसपी आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको अनुमान गरिएको छ ।

शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको र रिपोर्ट आएपछि थप अनुसन्धान सुरु गरिने उनले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: