Thursday, April 18, 2024
spot_img
Homeमधेश प्रदेशओमिक्रोनको त्रासले सिमा नाकामा कडाइ

ओमिक्रोनको त्रासले सिमा नाकामा कडाइ


वीरगन्ज,२१ मंसीर /
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन ३० भन्दा बढी देशमा फैलिसकेको छ । छिमेकी मुलुक भारतमा पनि ओमिक्रोनका स‌ंक्रमित पहिचान भएका छन् । नयाँ भेरियन्टको जोखिम देखिएपछि सरकारले सिमानाकामा कडाइ गर्न थालेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अघिल्ला भेरियन्टभन्दा बढी संक्रामक रहेको जनाएको छ । दक्षिण अफ्रिका हुँदै अहिले यो भेरियन्ट छिमेकी मुलुक भारतमा पनि आइसकेको छ । यसले नेपाललाई पनि जोखिममा पारेको छ । त्यही भएर सरकारले विमानस्थलदेखि सीमा नाकाहरुमा सतर्कता अपनाउन निर्देशन दिएको छ । सबै सीमानाकामा राखिएका हेल्थ डेक्सलाई प्रभावकारी बनाइएको दाबी सरकारको छ । डेल्टा प्लस भेरियन्टका कारण नेपालमा कोरोनाको दोस्रो लहर आएको थियो । अहिले स‌ंक्रमण दरमा कमी आइरहेका बेला पुन नयाँ भेरियन्ट फैलिएमा नियन्त्रण गर्न कठिन हुन्छ । स्वास्थ मन्त्रालयले सम्भावित महामारी रोक्न थप तयारी भइरहेको जनाएको छ ।

विदेशबाट आउनेलाई अनिवार्य क्वारेन्टिनमा बस्न सरकारले निर्देशन दिएको छ । नयाँ भेरियन्टको सम्भावित जोखिम हेरेर सीमा नाकाहरुमा चेकजाँचमा कडाइ गरिएको छ । भारतबाट प्रवेश गर्नेहरुलाई अनिवार्य परीक्षण र खोप लगाउन थालिएको छ ।

भारतमा नयाँ भेरियन्ट भेटिइसकेकाले नेपालमा प्रवेश गर्न नदिन सीमा नाकामा कडाइ गर्दै परीक्षण बढाउनुको विकल्प देखिँदैन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: