test
Sunday, June 16, 2024
spot_img
Homeमधेश प्रदेशविकासका नाममा स्थानीयतहमा भ्रष्टाचार मौलाउँदै

विकासका नाममा स्थानीयतहमा भ्रष्टाचार मौलाउँदै


वीरगन्ज,२१ मंसीर /
धनुषाको धनौजी गाउपालिका-४ भडरियामा स्थानीयबासीले तालाबन्दी गरेको तीन महिना बित्न लाग्दा पनि सरोकारवाला निकाय गम्भीर हुन सकेका छैनन् । गत अर्थिक वर्षमा गरिएको विकास निर्माणको खर्च सार्वजनिक गर्न वडा अध्यक्ष कलिम राइनले आलटाल गरेपछि स्थानीयले असोज २४ गते वडा कार्यालयमा ताला लगाए । वडा कार्यालयले मनपरी काम गरेको स्थानीयको आरोप छ ।
महोत्तरीको मटिहानी नगरपालिका-५ गबरौरामा जन्मदर्ता बनाउन सेवाग्राही साग लिएको घुस रकम सहित वडाअध्यक्ष र कम्प्युटर अपरेटर पक्राउ परेको घटना तीन महिना हुन लाग्दा पनि वडा कार्यालय नियमित रुपमा सञ्चालन हुन सकेको छैन । नगरपालिकाले वडा कार्यालय सञ्चालन गर्न कुनै पहल गरेको छैन ।

धनुषाकै मिथिला नगरपालिका-१ मा ठकाईको पट्रोल पम्पदेखि गाउाको अन्तिम सम्म पक्की सडक बनाउन ३ करोड रुपैयाा विनियोजन गरिए पनि टेण्डर प्रक्रियामा लगिएको छैन । निर्धारित स्थानमा पक्की सडक बनाउन बााकी रहेपनि नगरपालिकाबाट डेढ करोड रुपैयाा निकासा भइसकेको छ ।

धनौजी, मटिहानी र मिथिला नगरपालिका उदाहरण मात्र हुन् । विकास निर्माणको नाममा गरिने खर्च समयमा जनप्रतिनिधिहरुले सार्वजनिक गरिदिए मात्रै कतिपय पालिकाहरुमा भ्रष्टाचारको पोल सहजै खोलिन्थ्यो । तर सुशासन र विकासका नाममा चुनावी नारा दिने जनप्रतिनिधिले सार्वजनिक सुनवाई समेत गर्न सकेका छैनन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments