Thursday, June 13, 2024
spot_img
Homeफिचरठगी गर्ने वीरगन्जका ७ वटा पसल कार्वाहीमा

ठगी गर्ने वीरगन्जका ७ वटा पसल कार्वाहीमा

वीरगन्ज,२१ मंसीर /

उपभोक्तालाइ ठगी गर्ने वीरगन्जका ७ वटा पसल ,कार्वाहीमा परेका छन् । बजार अनुगमन टोलीले आज वीरगन्जको बजारमा अनुगमन गर्ने क्रममा ७ वटा पसललाइ कार्वाही गरि ६५ हजार रुपैया जरीवाना पनि तिराएको हो । जिल्ला प्रशासन कार्यालय पर्सा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको संयुक्त टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसुर गरेकोले ७ वटा पसललाइ कार्वाही गरेको हो । अनुगमनका क्रममा बजार अनुगमन टोलीले खरिद बिल नदेखाएका वीरगन्ज १३ को न्यू गेजेटस जोन, वीरगन्ज १० को बालाजी डिपाटमेन्टल स्टोर्स , वीरगन्ज ७ रेशमकोठीको न्यू मेलोडी वीरगंज , वीरगन्ज ७ को रुची सापिंग सेन्टर , वीरगंज ७ कै राईट च्वाईस वीरगंज र अनुगमनमा सहयोग नगरेको वीरगन्ज ६ को नेपाल म्युजिक सेन्टरलाइ जनही १० हजार रुपैया तथा वीरगन्ज ७ को कादमिया स्टोर्सलाइ ५ हजार रुपैया जरीवाना गरेको हो । कार्वाहीमा परेका ती सबै पसलका सन्चालकलाइ जरीवाना बराबरको रकम सात दिन भित्र बैकमा जम्मा गरि भौचर कार्यालयमा पेश गर्न निर्देशन दिइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलिपि खंग खत्वेले जानकारी दिनु भयो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: