Thursday, April 18, 2024
spot_img
Homeफिचरकिसानलाइ समयमै रासायनिक मलको व्यवस्था मिलाउन ओबीसीको माग

किसानलाइ समयमै रासायनिक मलको व्यवस्था मिलाउन ओबीसीको माग

वीरगन्ज,२१ मंसीर /

नेपाल पिछडा वर्ग महासंघ ओबीसीले किसानलाइ समयमै रासायनिक मलको व्यवस्था मिलाउन भन्दै आज पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाएको छ । ओबीसी पर्साका अध्यक्ष प्रमोद महत्तो नेतृत्वको टोलीले आज प्रमुख जिल्ला अधिकारी ढकाललाइ भेटेर ज्ञापन पत्र बुझाएको हो । अहिले गहु बाली छर्ने बेलामा डिएपि मल नपाउदा किसानहरु समस्यामा परेको भन्दै ओबीसीले तत्काल डिएपी मल सहज रुपमा किसानलाइ वितरणको व्यवस्था मिलाइ दिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउन गएको टोलीमा ओबीसीको पकाहा मैनपुरका कार्यवाहक अध्यक्ष भगवान लाल पटेल, जिल्ला सचिव राजन कुमार लगायतको पनि सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: