Thursday, April 18, 2024
spot_img
Homeजीवनशैलीपर्सामा भोलि देखि कोरोना विरुद्धको खोप शुरु हुने

पर्सामा भोलि देखि कोरोना विरुद्धको खोप शुरु हुने


वीरगन्ज,२१ मंसीर /

पर्सामा भोलि देखि शुरु हुन लागेको कोरोना विरुद्धको विशेष अभियानका लागि जिल्लाभर १ सय २९ वटा खोप केन्द्र स्थापना गरिएको छ । वीरगन्ज महानगका सवै वडाको खोप केन्द्र , बढि भिडभाड हुने चोक र ४ वटा अस्पतालका साथै ग्रामीण भेगका खोप केन्द्र गरि कुल १२९ वटा खोप केन्द्र स्थापना गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो । वीरगन्ज महानगरमा ३२ वटै वडाको खोप केनद्र , बढि भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, माइस्थान चोक, आदर्शनगर चोक, भन्सार र ड्राइपोर्ट चोकमा तथा नारायणी अस्पताल , भवानी अस्पताल ,वीरगन्ज हेल्थ केयर हस्पिटल र नारायणी सेन्ट्रल हस्पिटलमा पनि खोप केन्द्र सन्चालन गरिने आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार नारायणी सेन्ट्रल अस्पतालमा आईतबार ,वीरगन्ज हेल्थ केयर अस्पतालमा मंगलबार र भवानाी अस्पतालमा बिहिबार खोप लगाउन सकिने व्यवस्था गरीएको छ । जिल्लाका सबै स्वास्थ्य संस्था तथा अवश्यकताका आधारमा तत्कालै खोप केन्द्र थप हुनेगरी ४७५ जना स्वास्थ्यकर्मी स्वंयसेवक व्यवस्थापक तथा ७६५ जना सामुदायिक महिला स्वंयसेविका सहितको टिम परिचालन गरीने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । कोभिड १९ विरुद्धको खोप हाम्रो खोप ,‘हाम्रो सुरक्षा,खोप लगाउ सुरक्षित बनौ ’भन्ने नाराका साथ खोप अभियानमा पुष मसान्त भित्रमा ६६ प्रतिशतलाई खोप लगाई सक्ने लक्ष्य लिएर काम अगाडी बढाईएको ढकालले बताउनुभयो । उहाँले खोप अभियानलाई प्रभावकारी बनाउनका लागी पोखरीया नगरपालिकामा हाट बजार लाग्ने दिनमा पनि एक दिन खोप लगाईने बताउनुभयो । खोप अभियानमा अवश्यकता अनुसार थप हुनेगरी वीरग्न्जको नारायणी सेन्ट्रल अस्पतालमा आईतबार , वीरगन्ज हेल्थ केयर अस्पतालमा मंगलबार र भवाणी अस्पतालमा बिहिबार खोप लगाउन सकिने व्यवस्था गरीएको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत , सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र खड्का ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , स्वास्थ्य कार्यालय पर्साका खोप निरिक्षक जयमोद ठाकुर लगायतकाहरुको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: