Saturday, February 24, 2024
spot_img
Homeफिचरकोभिडविरुद्धको खोपको बुष्टर डोज दिने सरकारको तयारी

कोभिडविरुद्धको खोपको बुष्टर डोज दिने सरकारको तयारी

वीरगन्ज ,२० मंसिर /

ठूला मुलुकहरुमा कोरोनाविरुद्धको बुष्टर डोज लगाउन थालेको महिनौं भयो । चालिस देशमा फैलिसकेको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेसँगै हामीकहाँ पनि बुष्टर डोज चर्चा चलेको छ । यहिबेला सरकारले खोपको दोस्रो मात्रा लगाइसकेकाहरुका लागि प्राथमिकताका आधारमा बुष्टर डोजको तयारी गरेको छ । 

नेपालमा अहिलेसम्म जनसंख्याको ३४ दशमलब १ प्रतिशतले खोपको पहिलो मात्रा र २८ दशमलब ६ प्रतिशतले पुर्ण मात्रा खोप पाइसकेका छन् । सरकारले अहिलेसम्म २ करोड ७३ लाख डोज खोप ल्याएकोमा  १ करोड ९० लाख भन्दा बढि डोज लगाइएको छ भने ८३ लाखभन्दा बढी डोज खोप मौज्दात छ । स्वास्थ्य मन्त्रालयका अनुसार साढे तीन करोडभन्दा बढी डोज खोप आउने क्रममा छ । खोपको उपलब्धता रहेकाले चाँडै नै बुस्टर डोज लगाउन सुरु गर्ने सरकारको तयारी छ । 

नेपालमा अहिलेसम्म ओमिक्रोन भेरिएन्ट नदेखिएपनि जोखिम उच्च छ। यो भेरिएन्टबारे थप अध्यन अनुसन्धान भइरहेकाले अहिलको खोपले कामै नगर्ने भन्न नमिल्ने विज्ञ बताउँछन् ।

जोखिम न्युनिकरणका लागि खोप नै प्रभावकारी रहने उनीहरुको दावी छ । पहिला खोप लगाएका र बिस्तारै एन्टीबडी घट्दै गएकाहरुलाई बुस्टर डोजले सहयोग पुग्ने विज्ञ बताउँछन् ।

खोपको व्यवस्था र उचित वितरणसंगै सरकारले नाकाहरुमा कडाइ गर्न आवश्यक छ । हवाई सेवामा लगाएको रोकलाई प्रभावकारी बनाउन नियमन पनि जरुरी छ । 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: