Thursday, May 30, 2024
spot_img
Homeफिचरकोरोनाको नयाँ भेरिएन्ट 'ओमिक्रोन' रोक्न अब ढिलाइ गर्नु हुदैन - डा.सरोज रोसन

कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ रोक्न अब ढिलाइ गर्नु हुदैन – डा.सरोज रोसन


वीरगन्ज ,१९ मंसिर /

नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा.सरोज रोसन दासले कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ रोकथाममा अब ढिलाइ नगर्न बताएका छन ।

उनले छिमेकी मुलुक भारतमा दैनिक रूपमा नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ बढदै गएपछि भारत संगको खुल्ला सिमानाकामा कडाइका साथ चेकजाँच गर्न बताएका हुन् ।

भोलेन्टियर समूह वीरगन्जले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले ‘ओमिक्रोन’ रोकथाम तथा नियन्त्रणमा गम्भीर हुन् आग्रह गरेका थिए ।

डा.दासले बिस्तारै बिस्तारै विभिन्न देशमा देखिएको ‘ओमिक्रोन’ भाइरसलाई रोक्न स्वास्थ्यका मापदण्ड पालना गर्दै सबैको सहयोग र पहल आवश्यक रहेको बताए ।

कन्सल्टेन्ट फिजिसियन समेत रहेका डा.दासले विगतको कोरोनाको लक्षण भन्दा यो कडा रहेकाले सबै सरोकारवालालाई यस्मा जुट्न बताए ।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण भोलेन्टियर समूह वीरगन्जका संयोजक राजन श्रीवास्त्वले गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: