Thursday, May 30, 2024
spot_img
Homeफिचरएमाले अध्यक्ष ओली पर्सा आउदै,प्रचण्ड निकट मानिएका जालिम एमाले प्रवेश गर्ने

एमाले अध्यक्ष ओली पर्सा आउदै,प्रचण्ड निकट मानिएका जालिम एमाले प्रवेश गर्ने

वीरगन्ज ,१९ मंसिर /

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पर्सामा हुने पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।

पर्साका नेताहरुको पहलमा विभिन्न राजनीतिक दल परित्याग गरेर एमालेमा  प्रवेश गर्न तयारी भएपछी अध्यक्ष ओली पर्सा आउन लागेका हुन् ।

आगामी पुस ८ गते पर्सामा हुने पार्टी प्रवेश  कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने  नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजाराले जानकारी दिए ।

अध्यक्ष हजाराको नेतृत्वमा गएको टोलिले अध्यक्ष ओलीलाई भेटेर पर्सामा आउन
आग्रह गरेपछि उनी पर्सा आउन लागेका हुन ।

उनका अनुसार पर्सामा एमाले प्रवेश गर्न तयारी गरेकाहरु अध्यक्ष ओली कै हातबाट टिका लगाउने जनाएपछी अध्यक्ष ओली  पर्सा आउन तयार भएका छन ।

अध्यक्ष हजाराले पर्साको वीरगञ्ज, बहुदरमाई, पकाहा, पोखरीया, पर्सागढी, कालीकामाई, विन्दवासिनी, पर्टेवालगायतका पालिकाका पुराना दलका नेताहरूसमेत एमाले प्रवेश गर्ने तयारीमा रहेको बताए ।
एमाले अध्यक्ष ओली भएपछि पहिलो पटक पर्सामा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनेछन ।

प्रचण्ड निकट पर्साका जालिम ओली संग टीका लगाउने

नेकपा माओवादी केन्द्रका सल्लाहकार समिति सदस्य एवं जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ प्रचण्ड निकट मानिन्छन् ।

तर उनी पुस ८ मा एमाले अध्यक्ष ओली कै हातबाट टिका लगाएर एमालेमा प्रवेश गर्न तयारी गरेका छन ।

आइतबार पर्साबाट अध्यक्ष ओलीलाई भेट्ने टोलिमा एमाले केन्द्रिय सदस्य निर्मला देवकोटा संगै अध्यक्ष जालिम , एमाले जिल्ला सचीव मनोज गुप्ता सहभागी भएका छन ।

गाउँपालिकाका अध्यक्ष जालीम संगै  सयौँको संख्यामा पार्टी प्रवेश हुने तयारी भएको छ ।

जालीम माओवादी केन्द्रमा प्रवेश गर्ने बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो गाउँमा बोलाएका थिए ।

त्यसबेला पनि प्रचण्ड हेलिकप्टरमा प्रचण्ड कै गाउँमा पुगेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: