Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीअपांग बालबालिकाको मनोबल बढाउन न्यानो कपडा वितरण

अपांग बालबालिकाको मनोबल बढाउन न्यानो कपडा वितरण


वीरगन्ज,१७ मंसीर /
अन्तर्राष्टिय अपांग दिवसको अवसरमा सिद्धार्थ माध्यमिक विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण भएको छ । अपांग भएका बालबालिका व्यक्तीहरुको मनोबल बढाउन वीरगन्जको आशा किरण केन्द्रले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
करिब ९ वर्ष देखी सिद्धार्थ माध्यमिक विद्यालयमा संचालनमा रहेको आशा किरण केन्द्रले वीरगंजमा रहेका सुस्त मनस्थिती एवं मष्तिष्क पक्षघात वालवालिकाहरुका लागि दिवा सेवा प्रदान गरि मानविय सेवा कार्यमा टेवा पुरयाई रहेको छ ।
वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्कीको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तव,कोषाध्यक्ष सन्दिप मेहता, डा. अशोक दास,आशा किरण केन्द्रका रजनी वर्मा, सिन्धु कुशवाहा, बालबालिकाका अभिभावक, महानगरपालिकाका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: