Friday, March 1, 2024
spot_img
Homeजीवनशैलीवीरगन्जमा शुक्रबार ह्विल चियर म्याराथन 

वीरगन्जमा शुक्रबार ह्विल चियर म्याराथन 

वीरगन्ज , १५ मंसिर /

वीरगन्जमा पहिलोपटक ह्विल चियर म्याराथन हुने भएको छ । अलाईड युथ सोसाईटीले मंसिर १७ गते म्याराथन गर्न लागेको हो । नेपाल पत्रकार महासंघ पर्सा शाखामा बुधबार पत्रकार सम्मेलन गरी वीरगञ्जको आदर्शनगर स्थित पुरानो बसपार्कमा हुने म्याराथनका बारेमा जानकारी गराईएको छ ।

वीरगन्ज महानगरपालिका, किरण आँखा अस्पताल, वीरगञ्ज कलेज, डिएभी स्कुल लगायतको सहयोगमा २ सय मिटर ह्विलचियर म्याराथन गर्न लागिएको सोसाईटीले जनाएको छ । अन्र्तराष्ट्रिय अपांग दिवसको दिन आपांगता भएकाहरुको हौसला बढाउन म्याराथनको आयोजना गर्न लागिएको सोसाईटीका अध्यक्ष ओम कुमार झाले जानकारी दिए ।

‘विविध दिवसहरु कार्यक्रम भव्य गरे मनाईन्छ, तर अपांग दिवसलाई कसैले वास्ता गर्दैन ।’ उनले भने ‘त्यसैले कार्यक्रम गर्न लागेका हौं ।’ २५ जना सहभागी गराउने लक्ष्य आयोजकको छ ।

प्रथम हुनेलाई हाईड आउटमा डिनर, ह्विल चियर, बैशाखी, ईलेक्टिङक जग, बैशाखी लगायत पुरस्कार छ भने द्वितिय र तृतिय हुनेलाई बैशाखी, च्यवनप्रास लगायत सामाग्री प्रदान गरिने आयोजकले जनाएको छ । सहभागी कसैलाई पनि खाली हात नपठाउनेगरि तयारी गरिएको सोसाईटीका उपाध्यक्ष आकाश दासले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: