Saturday, February 24, 2024
spot_img
Homeप्रदेश १वीरगन्जमा मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट’ प्रदर्शनी आयोजना हुने

वीरगन्जमा मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट’ प्रदर्शनी आयोजना हुने


वीरगन्ज,१५ मंसीर
/
देशकै औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जमा मोफसलमै पहिलो पटक ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट’ प्रदर्शनी आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च वीरगञ्जको आयोजनामा देशकै मुख्य औद्योगिक तथा व्यापारिक केन्द्रबिन्दु वीरगञ्जमा पहिलो पटक प्रदर्शनी अयोजना हुने भएको हो ।

नेपाल महासंघ महासंघ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा वृहत प्रदर्शनी आउँदो फागुन १२ देखि १५ गते आइतबार (२४ देखि २७ फेब्रुअरी २०२२) सम्म वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजना हुने नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले जानकारी दिए ।

उनले प्रदर्शनीमा स्वदेशी बस्तु तथा सेवा व्यवसायको प्रदर्शनीका लागि स्टलहरूको व्यवस्था मिलाइएको बताए । उत्पादक र ग्राहकबीच प्रत्यक्ष साक्षात्कार हुने प्रदर्शनीबाट उपभोक्ताले स्वदेशी उत्पादनबारे जानकारी पाउने अग्रवालको भनाई छ ।

त्यसैगरी उत्पादकले उपभोक्ताको रुची थाहा पाएर आआफ्ना उत्पादनलाई उपभोक्ताको रुची अनुसार रुपान्तरण गरी उद्यम व्यापार प्रवद्र्धन तथा प्रचारप्रसारको महत्वपूर्ण अवसर प्राप्त गर्नेमा नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका विश्वस्त रहेको जनाएको छ ।
स्वदेशी उद्यम, उद्यमशीलता र नवप्रर्तनको विकासमार्फत राष्ट निर्माणको रचनात्मक सहयोग र सहकार्यको अपेक्षा गरेको आयोजकले जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: