Thursday, April 18, 2024
spot_img
Homeमधेश प्रदेशवीरगन्जका अधिवक्ता पोखरेलको निर्वाचन अधिकृतबाट राजीनामा

वीरगन्जका अधिवक्ता पोखरेलको निर्वाचन अधिकृतबाट राजीनामा


वीरगन्ज,१५ मंसीर
/
नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।

अधिवक्ता पोखरेलले जिल्ला अदालत पर्सामा बहस गर्ने गरेका छन ।
पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेकाले जिल्ला अधिवेशन गराउन असमर्थ रहेको व्यहोरा राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनले राजीनामा स्वीकृत गर्नका लागि केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन् ।

पोखरेलले कांग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिको निर्वाचन गराउने जिम्मेवारी पाएका थिए ।

पटक–पटक सर्दै आएको कांग्रेस जिल्ला अधिवेशन आजदेखि मंसिर १९ गतेसम्म हुने तालिका तय भएको थियो । आज उम्मेदवारी दर्ता र १९ गते मतदानको कार्यक्रम थियो ।

यसअघि मंसिर १० गतेदेखि सुरू हुने भनिएको जिल्ला अधिवेशन नेकपा एमालेको महाधिवेशनका कारण स्थगित गरिएको थियो । एमालेको महाधिवेशन उद्घाटनकै दिन कांग्रेस चितवनको जिल्ला अधिवेशन पनि उद्घाटन गर्ने कार्यतालिका थियो । तर एमाले महाधिवेशनका कारण यातायात व्यवस्था अस्तव्यस्त भएको र मतदातालाई राख्न आवासको समेत समस्या देखिएपछि कांग्रेस जिल्ला अधिवेशन स्थगित गरिएको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: