Friday, March 1, 2024
spot_img
Homeफिचररेडियो वीरगन्जको बार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम आयोजना हुने

रेडियो वीरगन्जको बार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम आयोजना हुने


वीरगन्ज,१५ मंसीर /

वीरगन्जबाट प्रसारण हुने रेडियो वीरगन्जले आफ्नो १९ औं बार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ ।
एफ.एम.स्टेशन मुर्ली बगैचामा आज पत्रकार सम्मेलन गरेर एफ.एमका कार्यकारी अध्यक्ष ध्रुव साहले बार्षिकोत्सवको अवसरमा मंसिर १८ गतेदेखि २७ गतेसम्म सप्ताहाव्यापी कार्यक्रमको आयोजना गर्ने जानकारी दिए ।
सप्ताहाव्यापी कार्यक्रम अनुसार १८ गते एफ.एम. परिसरमा वृहत रक्तदानको आयोजना गर्ने, २५ गते दिउँसो १ बजे वीरगन्जको आदर्शनगरमा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिने एफ.एमका कार्यकारी अध्यक्ष साहले पत्रकार सम्मेलनमा बताए ।
सांस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका चर्चित गायक, गायिका तथा हाँस्य कालाकार र स्थानीय भोजपुरी गायकगायिकाहरुको सहभागिता रहने जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: