Thursday, April 18, 2024
spot_img
Homeफिचरवीरगञ्जबाट खुद्रा सामान तथा औषधि बोकेको ट्रकसहित चालक पक्राउ

वीरगञ्जबाट खुद्रा सामान तथा औषधि बोकेको ट्रकसहित चालक पक्राउ


वीरगन्ज,१५ पौष /
प्रहरीले वीरगञ्जबाट खुद्रा सामान तथा औषधि बोकेको एउटा ट्रकसहित चालकलाई पक्राउ गरेको छ । बारा परवानीपुर गाउँपालिका -२ बस्ने ३३ वर्षीय नसरूदीन मियालाई पक्राउ गरेको हो।

प्रहरीले वीरगञ्ज -२१ परवानीपुर चोक स्थित सडकखण्डबाट प्रदेश नं। २(०३(००१ ख ०१२९ नम्बरको मालवाहक ट्रकलाई बिहीबार बिहान नियन्त्रणमा लिएको थियो । ट्रकमा बिल बिजक भन्दा बढी खुद्रा मालवस्तुहरू तथा औषधिहरू लोड गरी पोखरा लैजाँदै गरेको सूचना प्रहरीले पाएको थियो।

ट्रकलाई रोकेर चेकजाँच गर्दा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा औषधी फेला परेकोले चालक मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।

औषधि तथा ट्रकको ६० लाख रुपैयाँ मूल्यांकन गरी चालकसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: