Thursday, April 18, 2024
spot_img
Homeफिचरप्रदेश २ को राजधानी जनकपुर स्वीकार गरीदैन — प्रदेश सभा सदस्य प्रहलाद...

प्रदेश २ को राजधानी जनकपुर स्वीकार गरीदैन — प्रदेश सभा सदस्य प्रहलाद गीरी


वीरगन्ज,१५ पौष /
लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं प्रदेश सभा सदस्य प्रहलाद गीरीले प्रदेश २ को स्थायी राजधानी वीरगन्जको सटटा जनकपुरलाइ बनाइए कुनैपनि हालतमा स्वीकार नगरीने बताउनु भएको छ । सतारुढ दल जनता समाजवादी पार्टी कै षडयन्त्र अनुसार वीरगन्जलाई प्रदेश राजधानी नबनाएर जनकपुर बनाउन थालिएको गीरीको आरोप छ । आज वीरगन्जमा पत्रकार सम्मेलन गर्दै प्रदेश सभा सदस्य गीरीले वीरगन्जलाई राजधानी बनाउनका लागी प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पनि नियत नभएको बताउनुभयो । ‘वीरगन्ज नै प्रदेश २ का राजधानी उपयुतm भएकाले मुख्यमन्त्री राउत कै कारण वीरगन्जलाई राजधानी बनाउनबाट रोकिएको उहाँको भनाई छ । उहाँले वीरगन्जबाट निर्वाचित मुख्यमन्त्री राउतले नै यहाँका जनता संग धोका गर्न थालेकाले अब जनताले यसको पहिचान गर्न आवश्यक रहेको बताउनुभयो । प्रदेश सभा सदस्य गीरीले मुख्यमन्त्री राउतले नै आफ्नो कुर्सीसंग साटेर जनकपुर राजधानी बनाउन थालेको आरोप लगाउनुभयो ।प्रदेश सरकारको आन्तरिक तयारी अनुसार नै प्रदेश राजधानी टुंगो लगाउने सभामुख सरोज यादवको नेतृत्वमा गठित १६ सदस्यीय कमिटिमा पर्साका सांसदलाई नराखिएको पनि गिरीले बताउनुभयो । सरकार कै निर्देशन अनुसार प्रदेशको नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’लाई बनाउन तयारी गरेर समिति बनाएको प्रदेश सभा सदस्य गीरीले आरोप लगाए ।

एक फरक प्रसंगमा उहाँले पार्टीको ह्विप आफुमा नलाग्ने भन्दै वीरगन्ज राजधानी बनाउनका लागी राजिनामा दिनु परे त्यसका लागि पनि तयार रहेको बताउनुभयो । अब प्रदेश राजधानी वीरगन्ज बनाउनका लागी आवाज उठाउने बेला उपयुक्त रहेकाले जिल्लाका सबै प्रदेश सभा सदस्यलाई एकजुट हुन उहाँले आग्रह गर्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका पर्साका अध्यक्ष पुरुषोतम लाल झाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेताहरु निजामुदिन समानी , रम्भा मिश्रा लगायतकाले आफ्ना धारणा राखेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: