Thursday, May 30, 2024
spot_img
Homeफिचरनेकपा एमाले बाराको जिल्ला अधिवेशन पौष २८ मा , अध्यक्षमा ५ जना...

नेकपा एमाले बाराको जिल्ला अधिवेशन पौष २८ मा , अध्यक्षमा ५ जना उम्मेदवार हुने

वीरगन्ज,१४ पौष /

नेकपा एमाले बाराको जिल्ला अधिवेशन आउँदो पौष २८ र २९ गते तोकिएपछि उम्मेदवारहरु ईच्छा व्यक्त गर्ने थालेका छन ।

अहिले जिल्लामा विभिन्न तहमा रहेका नेताहरुले आफ्नो उम्मेदवारी दिने तयारी गरेका छन ।


अहिलेका जिल्ला अध्यक्ष देवनारायण चौधरी पनि अध्यक्ष पद मै रह्ने तयारी गरेका छन ।


यस्तै हालका उपाध्यक्ष विनोद साह पनि नेकपा एमाले बाराका अध्यक्ष बन्न तयारी तिव्र पारेका छन ।

प्रदेश कमिटि सदस्य अमर यादवले पनि आफ्नो जिल्ला अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन ।

उनले विगत ३५ बर्षेदेखि पार्टीमा काम गर्दै आएकाले यसपटक आफ्नो उम्मेदवारी अध्यक्ष पदमा रह्ने दावि गरेका छन ।

यादवले आउँदो निर्वाचनमा एमालेलाई जिल्लामा एक नम्बरको पार्टी बनाउनका लागी अध्यक्षको उम्मेदवार बनेको उनको दावि छ ।

यस्तै जिल्ला कमिटि सदस्य मनोज पौडेल पनि यसपटक अध्यक्ष पदमा चुनाव लड्ने उद्घोष गरेका छन ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोतम पौडेल निकट रहेका मनोज अध्यक्ष बन्न तयारी गरेका छन ।

बारा क्षेत्र नम्बर ४ को संयोजकमा कुशलता पुर्वक जिम्मेवारी पुरा गरेका मनोज यसपटक अध्यक्ष नै रह्ने दावी गरेका छन ।

प्रचार प्रसार विभाग बाराका प्रमुख समेत रहेका मनोजले यसपटक अध्यक्ष पद युवालाई दिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन ।

एमालेका नेता रविन्द्र दास श्रेष्ठले यसपटक अध्यक्ष पदमा चुनाव लड्ने सार्वजनिक गरीसकेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: