test
Sunday, June 16, 2024
spot_img
Homeफिचरगण्डक नहरमा एक साताभित्र पानी आउने

गण्डक नहरमा एक साताभित्र पानी आउने

वीरगन्ज,१४ पौष /

मध्य तराईको पर्सादेखि रौतहटसम्म फैलिएको गण्डक नहरमा आगामी एक साताभित्र पानी आउने भएको छ । आगामी शुक्रवारदेखि जानकीटोलाबाट गण्डक नहरमा पानी प्रवेश गर्ने र दुई दिनभित्र १० नम्बर ब्लकसम्म पानी गइसक्ने गण्डक नहर व्यवस्थापन हेर्ने नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, गण्डक, वीरगंजले जनाएको छ ।

कार्यालयका प्रमुख प्रसून मिश्रले भारतीय पक्षले हरेक वर्ष गहुँबालीको लागि पुस २० गते र धानबालीको लागि असार २० गतेको आसपासमा पानी दिने गरेको छ । नेपाल–भारत सरकारबीच गण्डक नहरमा बर्सेनि दुईपटक गरी एकपटकमा ८४६ क्यूसेक पानी दिने सम्झौता भएको छ । तर पानीको अभाव र नहर नभत्किइयोस् भन्ने उद्देश्यले कम पानी दिने गरिएको छ ।

आवश्यकताभन्दा बढी पानी आयो भने नहरमा क्षति हुने भएकोले पानीको परिमाण कम आउने गरेको सिंचाइ कार्यालयका सूचना अधिकारी सुबोध कुशवाहा बताउँछन् । पर्सादेखि रौतहटसम्म जमुनी खोलाभन्दा पश्चिम अर्थात् १० नम्बर ब्लकसम्म मात्र गण्डक नहरको पानी जाने गरेको छ ।

जमुनी खोलामा जमुनी सिंचाइ आयोजना निर्माण गरी थप दुईवटा ब्लक अर्थात् गौरको बम नहरसम्म पानी लैजाने सरकारको योजना छ । गण्डक नहरले ३७ हजार ४ सय हेक्टर जमीन सिंचाइ गर्ने लक्ष्य राखे तापनि हाल करीब २५ हजार हेक्टर जमीनमा सिंचाइ हुने गरेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments