Friday, March 1, 2024
spot_img
Homeफिचरपरवानीपुरमा जनमत पार्टीको जुलुस प्रदर्सन

परवानीपुरमा जनमत पार्टीको जुलुस प्रदर्सन

परवानीपुर,१३ पौष /

डा.सिके राउत नेतृत्वको जनमत पार्टीले परवानीपुरमा आज साझ जुलुस प्रदर्सन गरेको छ ।

केही दिन अगाडि सिरहाको औरही गाउँपालिकामा माओवादी र जसपाबाट जितेका अध्यक्ष र उपाध्यक्षले प्रहरीलाई बोलाएर किसान उपर दमन र पक्राउ गराएको विरोधमा जनमत पार्टीले जुलुस प्रदर्सन गरेको हो ।

जनमत पार्टीका युवा नेता विजय यादवको नेतृत्वमा जनमत पार्टी मैदानमा उत्रेको छ ।

प्रदर्सनमा जनमत पार्टीका कार्यकर्ताहरुले किसानलाई मलखाद, बीज र न्याय देऊ, किसान माथिको दमन बन्द गर सहितका नारा लगाएका थिए ।

प्रदर्सनमा नेताहरु राजेश यादव , अदेश यादव , मोनालाल यादव , प्रदीप यादव लगायतका सहभागी थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: