Thursday, June 13, 2024
spot_img
Homeफिचरपर्सामा ७५ जना तेस्रोलिङ्गी र समलिङ्गी एचआइभी पोजिटिभ

पर्सामा ७५ जना तेस्रोलिङ्गी र समलिङ्गी एचआइभी पोजिटिभ

वीरगन्ज,१३ पौष /
पर्सामा ७५ जना तेस्रोलिङ्गीमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । सन् २०२१ जनवरीदेखि हाल डिसेम्बरसम्म ३८० जनाको परीक्षण गर्दा ७५ जना सङ्क्रमित पुष्टि भएको सहयात्री समाज नेपाल, पर्साका संयोजक सुरज लिम्बुले बताए ।

उनले सहयात्री समाजबाट गरिएको परीक्षणमा ६२ जना र अस्पतालले गरेको परीक्षणमा १३ जना गरी ७५ जना तेस्रोलिङ्गी सङ्क्रमित देखिएको बताए। समन्वय बैठकमा उनले एचआइभीको क्षेत्रमा विभिन्न दातृ संस्थाको सहयोगबाट निर्देशित काम गर्दै आएको जानकारी गराए ।

बैठकमा संयोजक लिम्बुले पर्सा जिल्लामा विभिन्न स्थानबाट स्थानान्तरण भई आएकासमेत जोड्दा ३० हजारजना तेस्रोलिङ्गीरसमलिङ्गी रहेको दाबी गरे । उनले यसको यकीन तथ्याङ्क नभए पनि ३० हजारको हाराहारीमा तेस्रोलिङ्गीरसमलिङ्गी रहेको अनुमान गरिएको बताए ।

सहयात्री समाजले तेस्रोलिङ्गीहरूलाई रोजगारको लागि ब्युटिसियनलगायतका तालीम दिंदै आएको तर त्यसमा आशाप्रदरूपमा परिवर्तन नभएको बताए । पर्सा जिल्लामा रहेका तेस्रोलिङ्गीरसमलिङ्गीहरूको मुख्य पेशा अहिले पनि नाचगान नै भएको उनले बताए ।

बैठकमा पछिल्लो चरणमा पर्सा जिल्लाका तेस्रोलिङ्गीरसमलिङ्गीहरू खेतबारीमा काम गर्ने, घर बनाउने कार्यमा संलग्न रहने, नाचगान गर्नेबाहेक यौनजन्य कार्यमा पनि बढी आकर्षित भएको र उनीहरूको संलग्नता बढेसँगै विकृति पनि बढेको सहभागीहरूले ध्यानाकर्षण गराएका थिए ।

तेस्रोलिङ्गीहरूको कारण वीरगंज महानगरका विभिन्न क्षेत्रमा यौनजन्य कार्य बढेको र लूटपाटका घटनामा वृद्धि भएको भन्दै सोको व्यवस्थापन गर्न सहयात्री समाजको ध्यानाकर्षण गराइएको थियो ।

कार्यक्रम संयोजक लिम्बुले स्रोत, साधनले भ्याएसम्म सचेतना अभियान गरिएको तर उपलब्धि हासिल हुन नसकेको स्वीकारे । उनले विभिन्न कारणबाट यौनजन्य कार्यमा संलग्नता बढेको र यसलाई नियन्त्रण गर्न नसकिएको बताए । उनले भने– सबैको स्वभाव परिवर्तन गर्न सम्भव छैन र अधिकतम प्रयासका बावजूद पनि यौन व्यापारबाट अलग्याउन सकेका छैनौं । यसका लागि महानगरलगायत पालिकाहरूको सहकार्य हुनुपर्नेमा उनले जोड दिए ।

संयोजक लिम्बुले महानगरसमेत पर्सा जिल्लाको कुनै पनि पालिकाले तेस्रोलिङ्गीरसमलिङ्गीको हकहितका लागि बजेट विनियोजन नगरेको र उनीहरूको व्यावसायिक परिवर्तनमा गैरजिम्मेवार भएको आरोप लगाए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: