Thursday, April 18, 2024
spot_img
Homeफिचरलागुऔषध सहित एक जना पक्राउ

लागुऔषध सहित एक जना पक्राउ

वीरगन्ज,१३ पौष /
पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित एकजना आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १३ मुर्लीका १९ बर्षीय बिक्रम सर्राफ रहेका छन ।


प्रहरीले सरार्फको साथबाट लागुऔषध नुफ्रिन ३५० एम्पुल, डाइजीपाम ३५० एम्पुल र फेनारगण ३५० एम्पुल गरी १ हजार ५० एम्पुल बरामद गरेको जनाएको छ ।

शंकास्पद रूपमा पैदल हिंडिरहेका सर्राफले बोकेको झोला चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाइछिपाई ल्याएको लागु औषध बरामद भएको प्रहरीको भनाई छ ।

उनलाई हिरासतमा राखेर लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: