Friday, March 1, 2024
spot_img
Homeफिचरपर्सा प्रहरीको भाडा पसलमा छापामारी

पर्सा प्रहरीको भाडा पसलमा छापामारी


वीरगन्ज ,१४ मंसिर /

पर्सा प्रहरीले वीरगन्जको एक भाडा पसलमा छापामारी गरेको छ । मंगलबार साझ प्रहरीले माइस्थानको कमल सर्राफको रामा भाडा पसलमा छापामारी गरेको हो ।

प्रहरीले छापामारी सुर्या ब्राण्ड नामको ३२ थान ग्यास चुलाे नियन्त्रणमा लिएकाे जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे टोलीले प्रतिमा चौकमा रहेको उक्त पसलको गाेदाममा पनि छापामारी गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

सर्राफको रामा भाडा पसलले सुर्या ब्राण्डको नक्ली र कमसल ग्यास चुलाे बनाएर बिक्री गर्दै आएको उजुरी परेपछि  छापामारी गरिएको उनलेे बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: