Saturday, February 24, 2024
spot_img
Homeफिचरनगरपालिकाभित्रै कर्मचारीमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी

नगरपालिकाभित्रै कर्मचारीमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी

बारा ,१४ मंसिर /

बारामा २२ वर्षीया एक महिला कर्मचारीमाथि पालिकाकै कर्मचारीले बलात्कार प्रयास गरेको भन्दै उजुरी परेको छ । पचरौता नगरपालिकाको बेनौली गाउँस्थित रहेको सुनसान पालिका कार्यालयभित्रै गत बिहीबार यस्तो प्रयास भएको बताइएको छ ।

पीडित महिलाका आफन्तका अनुसार कार्यालयका कार्यालय सहयोगी ३२ वर्षीय संजय पासवानले बलात्कार प्रयास गरेका हुन् । महिला हिंसाविरुद्धको १५ दिने अभियान सुरु भएकै दिन सरकारी कार्यालयबाट यस्तो घटना भएको हो ।

पासवान विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडितले किटानी जाहेरी दिएकी छन् । पालिका कार्यालय नजिकै कोठा लिएर बस्दैआएकी ती महिला ‘डकुमेन्ट’ लिन पालिकामा आफैँ बस्ने कोठामा जाँदा यस्तो घटना भएको बताएकी छन् ।

साथै घटनालाई सामसुम गर्न जनप्रतिनिधिहरूले विचौलियाको रुपमा आर्थिक लेनदेन गरी विवाद मिलाउन दबाब दिएको पीडित पक्षले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिपेन्द्रबहादुर शाहीले बताए । ‘महिलाको सुरक्षाप्रति संवेदनशील छौं,’ उनले भने, ‘घटना अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउँछौं ।’साभार: इकान्तिपुर.डटकम

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: