Saturday, February 24, 2024
spot_img
Homeफिचरमाओवादी केन्द्र वीरगन्ज नगर अधिवेशन : दुई कमिटी गठन , कमिटी...

माओवादी केन्द्र वीरगन्ज नगर अधिवेशन : दुई कमिटी गठन , कमिटी अध्यक्ष सब्बा र रहबर

वीरगन्ज ,१४ मंसिर /

नेकपा माओवादी केन्द्र वीरगन्ज महानगरपालिकाको नगर अधिवेशन अलग- अलग दुई ठाँउमा सम्पन्न भएको छ ।
आइतबार माओवादी केन्द्रको महानगरको एकैदिन आयोजना भएको प्रथम नगर अधिवेशनले दुई कमिटी गठन गरेको हो ।

वीरगन्जको आदर्शनगर स्थित नगर सभा गृहमा आयोजित कार्यक्रमले नेकपा माओवादी केन्द्र वीरगन्ज महानगरपालिका कमिटीको अध्यक्षमा रहबर अन्सारीलाई चयन गरेको छ ।

भने कमिटीको उपाध्यक्षमा जुमादिन अन्सारी, अर्का उपाध्यक्ष राजु बैठा, सचिवमा सुरेन्द्र गुप्ता, सह सचिवमा दीपेन्द्र मण्डल, कोषाध्यक्षमा रेणु कार्की चयन भएका छन् ।
९९ सदस्यीय महानगर कमिटी राख्ने तयारी अनुसार बाकी सदस्य आइतबार टुंगो लगाउने छ ।

यस्तै वीरगन्जको मुर्ली स्थित सिटि पार्टी प्यालेसमा आयोजित कार्यक्रमले वीरगन्ज महानगरपालिका कमिटीको अध्यक्षमा सब्बा अन्सारीलाई चयन गरेको हो ।

भने कमिटीको उपाध्यक्षमा अच्छेलाल ठाकुर ,विनय पटेल, रुपा मण्डल सचिवमा नन्दकिशोर पंजियार , सहसचिवमा मनोज यादव , कोषाध्यक्षमा नुरहोदा आलम  चयन भएका हुन् ।  ९९ सदस्यीय महानगर कमिटी चयन भएको छ ।

कुन अधिवेशन वैधानिक कुन अवैधानिक ?

पर्सामा अन्य पार्टी भन्दा माओवादी केन्द्र  कमजोर पकड बनाएको पार्टी मध्ये पर्छ । जिल्लामा नै न्युन पकड बनाएको पार्टीले अलग अलग अधिवेशन गरेपछि जिल्लाबासी अचम्मित भएका छन ।

वीरगन्ज सिटि प्यालेसमा आयोजित कार्यक्रममा प्रमुख अतिथी प्रदेश कमिटीका सदस्य छोटेलाल यादवले पार्टीको विधान विपरीत केही कारक तत्वहरुले आफनो मनोपरी अर्को अधिवेशन गरेको आरोप लगाए ।

प्रथम सम्मेलनको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य पासनिमा कादरी, अखिल नेपाल सुकुमबासी संघ पर्साका संयोजक माईला लामा, नेताहरु सन्तोष घिमिरे,टुनटुन तिवारी, लालबहादुर पटेल, राकेश यादव,रुपनारायण सिंह सहभागी थिए ।

भने नगर सभा गृहमा आयोजित कार्यक्रममा नेताहरुले जिल्लाका केहि नेताहरुले माओवादी पार्टीलाई डुबाएको आरोप लगाए । माओवादी केन्द्रको शनिबारदेखि देशैभर पालिका सम्मेलन सुरु भएको छ ।

प्रथम सम्मेलनको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतो, संयोजक रामदरश कुशवाहा, वीरगन्ज महानगर इन्चार्ज बाबुराम कौशिक लगायतले सम्बोधन गरेका थिए।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: