Friday, March 1, 2024
spot_img
Homeफिचरपरवानीपुर युवा समाज गठन , अध्यक्षमा धनराज गुप्ता चयन

परवानीपुर युवा समाज गठन , अध्यक्षमा धनराज गुप्ता चयन

वीरगन्ज ,१८ भदौ ।

बाराको परवानीपुर गाउँपालिकामा समाजिक सेवाका लागि परवानीपुर युवा समाज शनिबार गठन भएको छ ।

नवगठित परवानीपुर युवा समाजको अध्यक्षमा धनराज गुप्ता रहने गरि ११ सदस्यीय कमिटी गठन भएको हो ।

समाजको उपाध्यक्षमा गोविन्द यादव , श्रीराम साह सोनार , सचिवमा हुलास यादव चयन भएका छन ।

यस्तै सदस्यहरुमा अशोक यादव , तिवारी यादव , राहुल गुप्ता , अजय यादव , विशाल यादव ,हरि ओम यादव लगायतका रहेका छन ।

नवगठित युवा समाजले गाउँपालिका भित्रका बेथिति र विसङ्गती विरुद्ध एक जुट भएर आवाज उठाउने र राम्रो काममा सहयोग गर्न गरी अगाडि बढने जनाएको छ ।

पछिल्लो समय गाउँपालिकामा सक्रिय रूपमा कुनै पनि समाजिक सेवाका लागि युवा समाज अगाडि नआएकाले आफुले यो समाज गठन गरेर आउनु परेको समाजको भनाइ छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: