Friday, March 1, 2024
spot_img
Homeफिचरलियो क्लब अफ वीरगंजद्वारा तीज विशेष दर कार्यक्रमको आयोजना

लियो क्लब अफ वीरगंजद्वारा तीज विशेष दर कार्यक्रमको आयोजना


वीरगंज, भदौ १८ । हरितालिका तीजको पावन अवसरमा लियो क्लब अफ वीरगंजको आयोजनामा मानव सेवा आश्रम वीरगंजमा तीज विशेष दर कार्यक्रम सम्पन्न भएको छ ।
तीज विशेष दर कार्यक्रममा मानवसेवा आश्रम वीरगंजका आश्रितहरुलाई विभिन्न परिकार सहित बेलुकाको खाना खुवाइएको लियो क्लब अफ वीरगंजकी अध्यक्ष लियो दिब्या गिरीले बताउनु भयो ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका एरिया चिफ लायन बासु तिमिल्सिनाले आश्रममा आश्रितहरुलाई खाना खुवाउँदा एकदमै सन्तुष्टि प्राप्त भएको बताउँदै उनले अरुलाई पनि फजुल खर्च गर्नु भन्दा खाना खुवाएर भए पनि सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट डेपुटी चिफ लायन उमेश साह कानु, जोन चेयरपर्सन लायन रामेश्वर गुप्ता, लायन्स क्लब अफ वीरगंज परिवारका अध्यक्ष लायन अशोक बेरिवाल, लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डकी सेक्रेटरी लायन भगवती सिग्देल, आश्रमका संयोजक देवेश गुप्ता, लियो क्लबका लियो सुजित मण्डल, लियो श्रृजना चौधरी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: