Monday, February 26, 2024
spot_img
Homeफिचरनेकपा एमाले प्रदेश २ कमिटीको बैठक वीरगन्जमा सम्पन्न

नेकपा एमाले प्रदेश २ कमिटीको बैठक वीरगन्जमा सम्पन्न

वीरगन्ज,१७ भदौ /

नेकपा एमाले प्रदेश २ कमिटीको बैठक आज वीरगन्जमा सम्पन्न भएको छ । प्रदेश २ का अध्यक्ष एवं पुर्वमन्त्री ज्वाला साहको अध्यक्षता सम्पन्न बैठकमा प्रमुख अतिथी एवं प्रदेश २ का ईन्र्चाज रघुविर महासेठ, स्थायि कमिटी सदस्य सत्यनारायण मण्डल, सह ईन्र्चाज सुमन प्याकुल लगायतकाले धारणा राख्नुभएको थियो ।वक्ताहरुले  माधव नेपालले कम्युनिष्ट आन्दोलन संग अन्याय गरेको आरोप लगाएको थिए ।

देशी बिदेशी शक्तिको षड्यन्त्रका कारण एमाले बिभाजन भएको आरोप समेत लगाएका थिए । बैठकले प्रदेश २ को ८ वटै जिल्लामा संगठन सुदृढिकरण, संगठन बिस्तार तथा सदस्यता नविकरणमा बिशेष जोड दिने निर्णय गरेको अध्यक्ष ज्वाला साहले बताउनुभयो ।

कार्यक्रममा ८ वटै जिल्लाका जिल्ला अध्यक्षहरुले जिल्लाको प्रतिवेदन पेश गरेको थिए । कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटि सदस्य सत्यनारायण मण्डल , प्रदेश २ का सहईन्चार्ज लिला श्रेष्ठ , प्रदेश २ का अध्यक्ष ज्वाला साह, सचिव सुमन प्याकुरेल, केन्द्रिय सदस्य एवं पर्साका ईन्चार्ज अच्युत मैनाली , पुर्वमन्त्री जुली महतो ,केन्द्रिय सदस्य निर्मला देवकोटा,पर्साका अध्यक्ष प्रभु हाजरा ,नेताहरु राजकुमार गुप्ता, प्रभु हजरा, बसरुदिन अंसारी लगायतको उपस्थिती रहेको थियो ।संबिधान सभा सदस्य राजकुमार गुप्ता,जयप्रकाश थारु लगायत नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: