Saturday, February 24, 2024
spot_img
Homeफिचरमाधव नेपालको एकीकृत समाजवादी पार्टीसंग कुनैपनि हालतमा एकता हुदैन -इन्चार्ज महासेठ

माधव नेपालको एकीकृत समाजवादी पार्टीसंग कुनैपनि हालतमा एकता हुदैन -इन्चार्ज महासेठ


वीरगन्ज,१७ भदौ /
नेकपा एमालेका प्रदेश नम्बर २ का इन्चार्ज रघुबिर महासेठले प्रदेश २ मा आगामी निर्वाचनमा कसैसंग पनि सहकार्य नहुने बताएका छन आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा इंचार्ज महासेठले माधव नेपालको एकीकृत समाजवादी पार्टीसंग भने कुनैपनि हालतमा एकता नहुने बताए ।
पुर्वमन्त्री समेत रहेका महासेठले नेकपा एमाले बिभाजनको प्रभाव प्रदेश २ मा नपर्ने बताए । प्रदेश २ को बैठक पश्चात आयोजित पत्रकार सम्मेलनमा नेता महासेठले माधव कमरेडको पार्टीका लागेको नेताहरु फर्किने क्रम जारी रहेको बताए ।।
उनले दल दर्ता नै कानुन बिपरित भएको र कतिपय नेताको हस्ताक्षर नक्कली गरिएकाले दल दर्ता खारेज हुनुपर्नेमा जोड दिए नेता महासेठले अब एमाले झन निखारिएर आउने र निर्वाचनमा बहुमत प्राप्त गर्ने ठोकुवा गरे एमाले अहिले सम्पुर्ण शक्ति संगठन निर्माण, संगठन सुदृढिकरणमा खर्चेको बताउदै आउने चुनावमा पुनः एमाले बहुमतका साथ सरकार बनाउने दावी गरे ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका स्थायी कमिटि सदस्य सत्यनारायण मण्डल , प्रदेश २ का सहईन्चार्ज लिला श्रेष्ठ , प्रदेश २ का अध्यक्ष ज्वाला साह, सचिव सुमन प्याकुरेल, केन्द्रिय सदस्य एवं पर्साका ईन्चार्ज अच्युत मैनाली , वुर्वमन्त्री जुली महतो ,पर्साका अध्यक्ष प्रभु हाजरा ,नेताहरु राजकुमार गुप्ता, प्रभु हजरा, बसरुदिन अंसारी लगायतको उपस्थिती रहेको थियो । प्रेस चौतारी नेपालका सहसंयोजक तुलसी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण चौतारीका सदस्य तिवारी यादवले गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: