Saturday, February 24, 2024
spot_img
Homeफिचरठाकुरराममा उत्कृष्ट गरेका निशा र रितेशलाई नगद २५ हजार

ठाकुरराममा उत्कृष्ट गरेका निशा र रितेशलाई नगद २५ हजार


वीरगन्ज,१६ भदौ /
वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको २०७६ सालको ब्याचमा विज्ञान संकाय तर्फ बिएसी उत्कृष्ट गरेका विद्यार्थीहरुलाई आज पुरस्कार वितरण गरिएको छ । २०७२ सालमा भर्ना भएर क्याम्पसमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीद्धय निशा कर्ण र रितेश कुमार पटेललाई नगद २५ हजार सहित पुरस्कृत गरिएको हो ।


वीरगन्ज कै स्थानीय तथा ठाकुररामका पुर्व विद्यार्थी मनिष श्रेष्ठले आफ्नो जिउँदो आमाबुवा चन्द्र बहादुर श्रेष्ठ र बिमला देवी श्रेष्ठको नाममा स्थापना गरेको कोषबाट उनीहरुलाई पुरस्कृत गरिएको हो । विद्यार्थीहरुलाई वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले पुरस्कार प्रदान गर्नुभएको थियो ।


पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले वीरगन्ज कै ठुलो क्याम्पसले पहिलो चोटी अक्षय कोष मार्फत पुरस्कार वितरण गरेकोमा खुशी लागेको बताउनुभयो ।
उहाँले अगामी दिनमा ठाकुर राम बहुमुखी क्याम्पसमा उत्कृष्ट नतिजा ल्याउनेलाई हौसला प्रदानका लागी विभिन्न कोष स्थापना गरी पुरस्कार वितरण गर्न आग्रह गर्नुभयो ।
पुरस्कार वितरण कार्यक्रममा भिडियो कन्प्रेन्स मार्फत हाल अमेरीका बस्दै आएका अक्षय स्थापना गरेका मनिष श्रेष्ठ , चन्द्र बहादुर श्रेष्ठ ,बिमला देवी श्रेष्ठ ,क्याम्पस प्रमुख डा.उमेश चौरसीया प्रा.डा महेन्द्र गुप्ता , विद्यार्थी कल्याण शाखा प्रमुख राम बिनय प्रसाद यादव ,स्टोर शाखा कि गीता श्रेष्ठ , धनश्याम चौरसीया लगायतकाको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: