Thursday, April 18, 2024
spot_img
Homeफिचरमहालेखाको निर्देशन विपरीत करोडौं गाडी खरिद , मन्त्री तेलीका लागि २ लाख...

महालेखाको निर्देशन विपरीत करोडौं गाडी खरिद , मन्त्री तेलीका लागि २ लाख ५० हजारको मोबाइल खरिद गर्न रकम माग

वीरगन्ज ,१५ भदौ ।
अनावश्यक र अनियमित सवारी साधन खरिद गरेको भन्दै महालेखा परीक्षकको प्रतिवेदनले प्रदेश-२ सरकारलाई वर्षेनी सचेत गराउदै आएको छ । तर, महालेखाको निर्देशन बिपरित करोडौंका गाडी खरिद भने रोकिएको छैन । प्रतिपक्षमा हुँदा मितव्ययीताकै विषयलाई लिएर सरकारको चर्को आलोचना गर्ने माओवादी केन्द्रका मन्त्रीमा पनि अहिले महंगा गाडी प्रतिको मोह देखिएको छ ।

हालै सार्वजनिकभएको महालेखा परीक्षकको प्रतिवेदनले सबैभन्दा बढी प्रदेश-२ सरकारले आर्थिक अनुशासन विपरित काम गरेको ठहर्‍याएको छ । यस अघिका वर्षमा जस्तै सवारी साधन खरिदमै बित्तीय अनुशासन कायम नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सवारी खरिद शिर्षकमै यस पटकको प्रतिवेदनमा बिभिन्न मन्त्रालयले ३८ करोडको खरिद गरेको उल्लेख छ । लामो समय प्रतिपक्षमा रहेको माओवादी केन्द्र सरकारमा सहभागी भए लगत्तै उसैले नेतृत्व गरेका मन्त्रालयमा गाडी खरिदको मांग गरेका छन् । जवकी प्रतिपक्षमा हुँदा माओवादी केन्द्रले यही विषयलाई मुद्धा बनाएका थिए । 

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयसाग अहिले ८ वटा गाडी छन् । यस अघिका मन्त्री र राज्य मन्त्रीले चढ्दै आएको गाडी मन्त्री भरत प्रसाद साह र राज्यमन्त्री रुवी कर्णलाई उपल्बध गराइएको छ । तीन बर्ष अघि खरिद गरिएको गाडी हुादाहुदै पनि थप २ वटा गाडी खरिदका लागी २ करोड ४० लाख रुपैँया आर्थिक मामिला तथा योजना मन्त्रालयसँग माग गरिएको हो । 

मुख्यमन्त्री र जसपाका मन्त्री विलाशी र कार्यकर्ता मुखी रहेको भन्दै सदन र सार्वजनिक स्थलमा बिरोध गर्न कुनै कसर बाँकी नराखेका माओवादीकै नेताले मन्त्री बन्दा देखाएको सवारी मोहको तीव्र आलोचना भइरहेको छ । 

मन्त्री साहका लागि २ लाख ५० हजार मूल्य पर्ने मोबाइल खरिदका लागि समेत रकम माग गरिएको स्रोतले जनाएको छ । कोरोना भाइरसको कहरले प्रदेश-२ को अर्थतन्त्र शिथिल छ । प्रदेशको शिक्षा र स्वास्थ्यको अवस्था नाजुक छ । यि आधारभूत सेवा सुधारकालागि अग्रसर हुनुको साटो सरकारका मन्त्रीको ध्यान सेवा सुविधामै छ । महालेखा परिक्षकको प्रतिवेदनलाई समेत बेवास्था गर्दै सरकारकै मन्त्रीले बित्तीय अनुशासनको खिल्ली उडाइरहेका छन् । 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: