Sunday, February 25, 2024
spot_img
Homeफिचरतेरापंथ युवक परिषदको रक्तदान कार्यक्रम सम्पन, ८ महिला सहित ९१ जनाले गरे...

तेरापंथ युवक परिषदको रक्तदान कार्यक्रम सम्पन, ८ महिला सहित ९१ जनाले गरे रक्तदान

वीरगन्ज ,१२ भदौ ।

तेरापंथ युवक परिषद वीरगंजको आयोजनमा भएको रक्दान कार्यक्रममा ९१ जनाले रक्तदान गर्नु भएको छ ।
शनिवार जैन धर्मशालामा अखिल भारतीय तेरापंथ युवक परिषदको तत्वावधानमा सम्पन रक्तदानमा ८ महिला सहित ९१ जनाले रक्तदान गर्नुभयो । बीरगन्ज रक्त संचार केन्द्रमा रक्त अभावको समयमा तेरापंथ युवक परिषदले ठूलो संख्या रक्त संकल्न गरेको हो । कार्क्रममा जैन श्वेताम्बर तेरापंथ परिषद सभा र तेरापंथ महिला मण्डलको सहयोग रहेको थियो ।अखिल भारतिय तेरापंथ युवक परिषदले ईस्वी सन २०१५ सालमा एक दिनमा विश्व भरिबाट सर्वाधिक १ लाख १२ हजारको संख्यामा रक्तदान गरेको बिश्वकृतीमान कायम गरेको संस्था हो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीलाई स्वागत तथा सम्मान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाईटी तथा रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा नेपाल बिहार झारखण्ड सभाका उपाध्यक्ष श्री अशोक कुमार बैद, संस्था सिरोमणि महासभा का कार्यकारी सदस्य र वीरगंज सभाका अध्यक्ष श्री निर्मल कुमार सिंघी, बिरगंज सभाका निवर्तमान अध्यक्ष श्री राज कुमार बैद, भवन ट्रस्ट बोर्ड का उपाध्यक्ष श्री बन्सीलाल बोथरा, वीरगंज तेयूप अध्यक्ष श्री पंकज बैद र तेरापंथ महिला मण्डल वीरगंज, कार्यक्रम संयोजक श्री दीपक बैद, र अन्य सामाजिक कार्यकर्ताहरु उपस्थित थिए।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: